गोल्डेन पिक हाई स्कुलमा “गोल्डेन डान्सिङ्ग स्टार २०२१” सम्पन्न

गोल्डेन पिक हाई स्कुलमा “गोल्डेन डान्सिङ्ग स्टार २०२१” सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २५।

सरस्वतीनगर चावहिल स्थीत गोल्डेन पिक हाई स्कुलमा बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका लागि गोल्डेन डान्सिङ्ग स्टार छनौट गर्ने कार्यक्रम सम्पन्न  भएको छ ।

सो कार्यक्रममा सिनियर तर्फ गोल्डेन स्टार जेसिका राई हुन सफल भईन भने जुनियर तर्फ माधवी केसी विजेता बनेकी छन। त्यस्तै  सिनियर तर्फ फष्ट रनअपको ट्रफि रश्मि सुनुवारले हात पारिन् भने सेकेण्ड रनरअप रोसिङ्गा राई भएकी छन।

यसै गरी  जुनियर तर्फ फष्ट रनअरप सिवानी बस्नेतले विजय हासिल गरिन् भने सेकेण्ड रनरअप सारंशी भुजेलले पुरस्कार हात पारेकी थिइन्  ।

सो अवसरमा  विजयीहरुलाई टप  १५ मा प्रवेश गर्ने ग्राण्ड फिनालेका सहभागिहरुलाई मेडल र ट्रफि विद्यालयका प्रिन्सिपल  छत्रमणि राई, डिपुटी प्रिन्सिपल भानदेव कपाडी र विद्यालय व्यवस्थापन समिति सदस्य  आस्था बजगाईले प्रमाण पत्र, ट्रफि र नगद पुरस्कार वितरण गरेका थिए  ।

गोल्डेन डान्सिङ्ग स्टारमा   लकडाउनका कारण बालबालिकाहरुको मनोसामाजिक, भावनात्मक र शारीरिक विकासमा पर्नगएको वाधालाई  कम गर्न अनलाईन  अडिसन हुदै ग्राण्ड फिनाले सम्म पुगेका सहभागीहरुले विभिन्न थिमहरुमा आफ्नो नृत्य प्रदर्शन गरेका थिए।

विजेता जेसिका राईले कुलतमा फसेका र महिला हिंसा विरुद्ध बुलन्द आवाज निकाल्ने सशक्तिकरणको नृत्य देखाएकी थिइन् भने दोस्रो पुरस्कार हालिन गर्न सफल रश्मि राईले अविभावक विहिन बालबालिकाको मर्म र मनोदशा झल्काउदै अभिभावकको दायित्व दर्शाएकी थिन्, तेस्रो पुरस्कार प्राप्त गर्न सफल रोसिङ्गा राईले घरेलु कामदार बालिकाको मनोदशा र उसमा आएको सशक्तिकरणको बारेमा आफ्नो नृत्यबाट प्रस्तुत गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।