कपन ह्यान्डबल मैदान निर्माणको निरीक्षणमा डा. राजन भट्टराई

कपन ह्यान्डबल मैदान निर्माणको निरीक्षणमा डा. राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

नेकपा एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदान निर्माणको निरीक्षण गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण खेलकुद पूर्वाधारका रुपमा रहेको सो मैदानमा अन्तरास्ट्रिय स्तरको ह्यान्ड बल मैदान सहित अन्य पूर्वाधार निर्माण भैरहेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा निर्माणाधीन भौतिक पूर्वाधारहरुको अवस्था र निर्माणका दौरान आएका समस्याहरुलाई समाधानका लागि निरन्तर निरीक्षण अभियानमा रहेका डा.भट्टराईले सो मैदान समयमा नै सम्पन्न गर्नका लागि उक्त निरीक्षण गरेका थिए।

सो मैदान निर्माण निरीक्षणमा डा. भट्टराई संगै नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य मिठाराम अधिकारी , वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ ,वडा नं १० का कर्मचारी राजेन्द्र अधिकारी लगायत सहभागी रहेका थिए।

सो अवसरमा करिव २ हजार दर्शक क्षेमताको प्याराफिट सहित ह्यान्ड बल र ७ ए साइड फुटवल मैदान रहने सो क्षेत्रमा सौचालय ,चेंजिंग रुम सहित आवस्यक संरचना निर्माण गर्नका लागि आफ्नो सक्रिय सहयोग हुने बताउदै डा.भट्टराईले समयमा नै योजना सम्पन्न गर्न सबैको पहल जरुरि रहेको धारणा राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।