नागार्जुन नगर प्रमुख मोहन बहादुर बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशको उपसभापति

नागार्जुन नगर प्रमुख मोहन बहादुर बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशको उपसभापति

कपन अनलाइन

काठमाडौं,  मंगसिर २१ । नेपाली कांग्रेस बागमती प्रदेशको उप–सभापतिमा नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर  बस्नेत बिजयी भएका छन ।शनिबार हेटौंडामा भएको निर्वाचनको मतपरिणाम अनुसार बस्नेतले  १०५९ मतसहित विजयी भएका  हुन । बस्नेत  नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका थिए । नागार्जुन नगरपालिकाको पूर्वाधार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर आफ्नो कामलाई अगाडी बढाएका प्रमुख बस्नेत हाल सम्म प्रदेश पदाधिकारी बन्ने काठमाडौंका एक मात्र नगर प्रमुख हुन । उनि नेपाली कांग्रेसको १४औं महाधिबेसनमा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ बाट बिजयी बनेका थिए ।

तपाइँको प्रतिक्रिया ।