बुढानिलकण्ठ १२ मा कानुनमा महिला पहुँच र साक्षरता कार्यक्रम

बुढानिलकण्ठ १२ मा कानुनमा महिला पहुँच र साक्षरता कार्यक्रम

कपन अनलाइन

काठमाडौं, मंगसिर २१। “घर देखि शुरु गरौ, महिला हिँसा अन्त्य गरौ”, भन्ने मूल नाराको साथमा लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत कानुनमा महिला पहुँच र साक्षरता कार्यक्रम आयोजना  गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र कपन महिला  संजालको संयुक्त  आयोजना १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत कानुनमा महिला पहुँच र साक्षरता कार्यक्रम गरिएको हो  ।

 आज  बुढानिलकण्ठ नगरपालिका वडा नं १२को सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२का  शम्भु प्रसाद भट्टराई रहेका थिए भने अतिथिमा  बुढानिलकण्ठ नगरपालिका कार्यपालिका सदस्य तथा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कि वडा सदस्य शान्ता ढकाल, वडा सदस्य डिल्ली प्रसाद खतिवडा, माओवादी केन्द्र बुढानिलकण्ठ १२का अध्यक्ष  माधब भट्टराई, समाजसेवी सुन्दर चालिसे, बालकुमारी टोल सुधार समितिका अध्यक्ष बाबुराम चौलागाई सहित बिभिन्न महिला समुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो।

कपन महिला संजालकि अध्यक्ष सुमित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुले  कानुनमा महिला पहुँचको बिषयमा प्रशिक्षण प्रदान गरेका थिए । महिला संजालकी सचिब रीता नेपालले स्वागत मन्तब्य राखेको  कार्यक्रमको  संचालन पुष्पा थापाले गरेकी थिइन ।महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक  समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ।

तपाइँको प्रतिक्रिया ।