ओखलढुंगाको राजनीतिमा “बालकृष्ण” बहस

ओखलढुंगाको राजनीतिमा “बालकृष्ण” बहस

कपन अनलाइन

ओखलढुंगा,मंगसिर २०/पुन्यराज पुडासैनी

ओखलढुंगा जिल्लाको राजनीतिमा अहिले रोचक रुपमा “बालकृष्ण” बहस चलिरहेको छ। धेरै अनुमान र विश्लेषण विपरित नेकपा एमालेको दशौ महाधिवेसनबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका पुर्व संविधानसभा सदस्य बालकृष्ण ढुंगेल यो चर्चाका मुख्य पात्र हुन।

२०६४ सालको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट संविधान सभा सदस्यमा निर्वाचित बनेका ढुंगेल माओवादी जनयुद्ध र आन्दोलनका चर्चित र दुर्लभ प्रतिनिधि हुन।

१० वर्षे द्वन्द कालमा भएका सयौ घटना र मुद्दा हाल सम्म चलेपनि  ओखलढुंगा जिल्लाकै उज्जन श्रेष्ठको हत्या अभियोगमा सजाय भुक्तान गरेपछी राजनीतिक रुपमा निकै बेसहारा बनेका ढुंगेललाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले साथ दिए संगै अहिले नेकपा एमालेको केन्द्रीय राजनीतिमा सक्रीय भएका हुन।

कसरि नेकपा एमालेको राजनीतिमा ?  भन्ने यो पंक्तिकारले एक पटक राखेको प्रश्नमा उनले भनेका थिए ,” डुब्दै गरेको ब्यक्तिलाई त्यान्द्रोको पनि सहारा हुन्छ तर मलाई अध्यक्ष ओलीले त्यो भन्दा दरो साथ दिनुभयो।”

सजाय भुक्तान गरेर बाहिर आएपछी हाल धेरै टुक्रामा विभाजित भएका माओवादी पार्टी र नेताहरु संग जिम्मेवारीका लागि आग्रह गर्दा निरास बनिरहेको बेलामा अध्यक्ष ओलीको साथ् र सहयोग पाएका ढुंगेलले सांसद भएको समयमा सोलुको आलु र झापाको चिया साट्ने अभियान चलाएका थिए।

ढुंगेलको प्रभावशाली  प्रवेसले तिहारको समयमा ओखलढुंगा काठमाण्डौ सम्पर्क मंचको कार्यक्रममा प्रदेस नं १ बाट निर्वाचित प्रदेस सभा सदस्य पुर्वमन्त्रि अम्बिरबाबु गुरुङले संकेत गरेका पाँच समुहका “साइड इफेक्ट” अहिले एमाले जिल्लाको राजनीतिक समीकरण फेरिएको चर्चा चल्न थालेको छ।

तत्कालिन ओखलढुंगा क्षेत्र नं २ ( हाल प्रदेस क्षेत्र २ ) मा पूर्वाधार र सामाजिक विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने लिखु कोरिडोर,सिरिसे र साँघुटार पुल जस्ता पूर्वाधार निर्माणमा महत्वपूर्ण  योगदान पुर्याएका ढुंगेलको अवको राजनीतिक यात्रा चुनौतीपूर्ण रहेको एक बुद्दिजीवी बताउछन।

नेकपा एमाले ओखलढुंगाले विगतमा भोगेका निकै भयानक र दुखद घटनाका बाछिटाहरुले बालकृष्ण ढुंगेललाई पच्छाइरहेको भन्दै ति बुद्दिजीवीले उनले ति विसद अतीतलाई कसरि राजनीतिक र व्यक्तिगत रुपमा मल्हम लगाउछन त्यसले उनको भावी यात्रा तय गर्ने विश्लेषण गरेका छन।

विगत सम्झिने र बिर्सने दुविधा देखिएको ओखलढुंगा एमालेमा अहिले पानि मुनि धेरै थोक चलिरहेको बताउदै एक जिल्ला सदस्यले जिल्लाको एमाले राजनीतिमा ढुंगेलको प्रभावशाली प्रवेसले केहि समय राजनीति निकै तताउने धारणा राखेका छन।

निकै लामो समय पछि नेपाली कांग्रेसको किल्ला भत्काउदै जिल्लामा बामपन्थी राजनीति स्थापित गर्न महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवार ,केन्द्रीय सदस्य किशोर अधिकारी,प्रदेस सभा सदस्य अम्बिर बाबु गुरुङ र ढुंगेलले गर्ने सहकार्य र समझदारीले नै एमाले जिल्लाको राजनीतिमा असर गर्ने धारणा राख्दै ति जिल्ला सदस्यले स्थानीय तहका कमिटी र नेताहरु भने कुनै पनि किसिमको विवाद र समुहबन्दी  सुन्ने र हेर्ने मुडमा नरहेको बताएका छन।

जिल्लाको राजनीतिक परिदृस्यमा निकै रोचक परिघटनाका रुपमा देखिएको नेता ढुंगेलको एमाले राजनीतिमा प्रभावशाली प्रवेसले नेकपा माओवादी केन्द्र ओखलढुंगालाई भने ठुलो क्षेत्ति पुगेको अनुमान गर्न सकिने एक शिक्षकले बताएका छन।

नेकपा माओवादी केन्द्र ओखलढुंगाको विकास र विस्तारमा शुरु देखि नै सक्रिय ढुंगेलको राजनीतिक निर्णयले सो पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुमा ठुलो बहस र तरङ्ग सिर्जना भएको ति शिक्षकको विश्लेषण रहेको छ।

अतितका आर्तनादलाई आगतका आशामा परिणत गर्न अवका दिनमा ढुंगेलले देखाउने इच्छाशक्ति र गर्ने पहलले उनको हालको कठोर राजनीतिक निर्णय साहास कि दुस्साहस भन्ने निर्धारण हुने जिल्लामा सक्रिय एक पत्रकारले बताएका छन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।