कागेश्वरी मनोहरा नगरपालिका द्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान

कागेश्वरी मनोहरा नगरपालिका द्वारा  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान

कपन अनलाइन

काठमाडौं मंगसिर २१। कागेश्वरी मनोहरा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले १८औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज थलिमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेका हुन् ।सो अवसरमा नगर प्रमुख थापाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संकटपूर्ण अवस्थामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको कामको उच्च मूल्यांकन गर्दै ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित सम्मान गरेका थिए  ।


कार्यक्रमलाई संबोधन गर्दै  नगर प्रमुख थापाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै कोभिडको समयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले नगरबासीहरुलाई पुर्याएको सवस्थ्य सेवाको प्रशंशा गर्दै  नगर प्रमुख थापाले नगरबासीहरुलाई ढिलासुस्ती नगरी सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए ।कार्यक्रममा नगर प्रवक्ता राजाराम पुडासैनीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको कामको नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउदै आगामी दिनमा पनि नगरबासीहरुलाई स्वास्थ्य सेवा पुर्याउने काममा अझ बढि प्रभावकारी रुपले लाग्न महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको बताउदै प्रशंशा गर्दै स्वास्थ्य क्षेत्रमा गरेको लगानीले बषौंसम्म प्रतिफल दिइरहने बताएका थिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगीले सहश्राब्दी विकास लक्ष्य पुरा गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने प्रतिबद्धता जनाएका थिए   ।कार्यक्रम शुरु हुनु अघि महिला स्वास्थ्य स्वयंसेविकाहरुले थलिमा र्याली पनि आयोजना गरेका थिए । नगरका विभिन्न भागको परिक्रमा  गरी र्याली सभामा परिणत भएको स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले जानकारी गराइन।

तपाइँको प्रतिक्रिया ।