यस्तो छ आजको मौसम पूर्वानुमान !

यस्तो छ आजको मौसम पूर्वानुमान !

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।