नेपाली कांग्रेस बागमती प्रदेसमा पदाधिकारी निर्वाचित,कसले कति मत ल्याए ?

नेपाली कांग्रेस बागमती प्रदेसमा पदाधिकारी निर्वाचित,कसले कति मत ल्याए ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

नेपाली कांग्रेस बागमती प्रदेसका पदाधिकारीहरुको टुंगो लागेको छ। दुई चरणको मतदान पश्चात नेपाली कांग्रेस बागमती प्रदेसको सभापतिमा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन।

त्यस्तै सो समितिको उप-सभापति चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी भएका छन भने सचिवमा कन्चन बादे श्रेष्ठ र  राजु श्रेष्ठ निर्वाचित भएका छन।

यसैगरि सह-महामन्त्री (महिला) जीवन डङ्गोल र सह महामन्त्री हरिशरण श्रेष्ठ र ऋषि  घिमिरे निर्वाचित भएका छन।
सो निर्वाचनमा उपसभापति महर्जनले १०३७ मत प्राप्त गरेका छन भने बस्नेतले १०५९ मत प्राप्त गरेका छन ।त्यस्तै सचिवमा निर्वाचित कन्चन  बादे श्रेष्ठले ९९५ मत प्राप्त गरेका छन भने राजु श्रेष्ठले ९१० मत प्राप्त गरेका छन ।
सह-महामन्त्री (महिला) जीवन डङ्गोलले ९४९ मत प्राप्त गरेकी छन भने हरिशरण श्रेष्ठ र ऋषि  घिमिरेले क्रमस ८३९ र ९१६ मत प्राप्त गरेका छन।
कसले कति मत ल्याए ?
तपाइँको प्रतिक्रिया ।