एमालेमा कार्य विभाजन-ओली पक्षको प्रस्ताव संसोधनको तयारी

एमालेमा कार्य विभाजन-ओली पक्षको प्रस्ताव संसोधनको तयारी

काठमाडौं १० चैत /कपन अनलाइन  : नेकपा एमालेमा नेताहरुको कार्यविभाजनको प्रस्ताव तयार भएको छ । आज स्थायी समिति र पोलिटब्युरो नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओली पक्षले आफु अनुकुल कार्यविभाजन ल्याएको भन्दै माधवकुमार नेपाल समुहले विरोध गरेको थियो । त्यसलाई संसोधन गरेर आज नयाँ प्रस्तावमाथि छलफल गर्ने तयारी छ । नवौं महाधिवेशनपछि निर्वाचित नेतृत्वको कार्यविभाजन प्रस्ताव छलफलका लागि लगे लगत्तै विवाद भएको हो ।

uml

केन्द्रीय सचिवालयमा तयार गरेको प्रस्तावमा आज फेरि छलफल हुँदैछ ।  समग्र पार्टी कामको नेतृत्व र स्कूल विभागको जिम्मा अध्यष केपी शर्मा ओलीलाई, नीति तथा अध्यन अनुसन्धान बरिष्ठ नेता झलनाथ खनाल, विदेश विभाग माधवकुमार नेपाल, संगठनात्मक कामको नेतृत्व महासचिव ईश्वर पोखरेलले लिनेगरि कार्यविभाजनको तयारी छ ।

उपाध्यक्षहरुमा बामदेव गौतमलाई मध्यपश्चिमाञ्चल, विद्या भण्डारी मध्यमाञ्चल, युवराज ज्ञवाली पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्य पश्चिमाञ्चल र भिम रावललाई सुदरपश्चिमाञ्चल र प्रवासको इन्चार्ज बनाउने उल्लेख छ ।

त्यस्तै महासचिव इश्वर पोखेरेलले समग्र पार्टी कामको संयोजन, उपमहासचिव विष्णु पौडेललाई पार्टी विभाग, संगठनहरुहरुको संयोजन, उपमहासचिव घनश्याम भुसाललाई राज्य सञ्चालनसंग सम्बन्धि विभागहरुको अनुगमनको जिम्मेवारी दिने उल्लेख छ । त्यस्तै सचिवहरु मध्ये प्रदीप ज्ञवालीलाई केन्द्रिय सचिवालय, पृथ्वी सुब्बा गुरुङलाई संगठन विभाग, भिम आचार्यलाई राजकीय मामिला, गोकर्ण विष्टलाई मोर्चा संगठन र योगेश भट्टराईलाई प्रचार विभागको जिम्मेवारी दिने उल्लेख छ ।  १७ वटा अञ्चल इन्जार्ज मध्ये अधिकांशमा ओली निकटलाई जिम्मेवारी दिने प्रस्ताव  छ । त्यसलाई स।

शोधन गरी महाधिवेशन आएको मतको आधारमा दुबै समुहको प्रतिनिधित्व हुनेगरी बाँडफाड गर्नुपर्ने नेपाल पक्षको माग छ ।
बैठक आज पनि एमाले अध्यक्ष ओली निवास बालकोटमा बोलाइएको छ ।  २ बजेपछि बस्ने बैठकमा नेता नेपाल भने आज पनि अनुपस्थित रहने उनी निकट स्रोतले   जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।