नेपाली कांग्रेस बागमती प्रदेस समिती सदस्यमा बिनोद चालिसेको उम्मेदवारी

नेपाली कांग्रेस बागमती प्रदेस समिती सदस्यमा बिनोद चालिसेको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १७।

काठमाडाैँ क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सचिव  विनाेद चालिसे बागमती प्रदेश अधिवेशनमा उम्मेदवार भएका छन् । प्रदेश अधिवेशनका लागि हेटाैँडामा रहेका चालिसले आफू खुल्लातर्फबाट उम्मेदवार भएकाे बताएका छन् ।

पार्टीकाे क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेका चालिसे काठमाडाैँ क्षेत्र नं ४ का पूर्व क्षेत्रीय सभापति हुन् । आफ्नाे  क्षेत्रमा पढेलेखेका तथा सृजनशील गतिबिधिमा लागेका थाेरै नेतामध्ये पर्ने  चालिसे कवि तथा गीतकार पनि हुन् । शिक्षण पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उनी बुढानिलकण्ठ ११ का स्थायी बासिन्दा हुन् ।

तपाइँको प्रतिक्रिया ।