कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार
कपन अनलाइन
काठमाडौँ, मंगसिर १७। सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। बिहिबार एक कार्यक्रमका बीच नया शाखाको उद्घाटन गरिएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा बैक संचालक समितिका अध्यक्ष डा. बलराम पाठक बैकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी,वडा सदस्यहरु नेपाल निर्माण सामग्री संघ काठमाडौंका अध्यक्ष अच्युत प्रसाद कटुवाल,महानगरीय प्रहरी प्रभाग थलीका प्रमुख प्रहरी नायब निरीक्षक पिताम्बर पराजुली, लगायत बैकका पदाधिकारी, कर्मचारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बैंकका प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संचालन जितेन्द्र सिंह थापाले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा शाखा प्रबन्धक कविराज भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र बैक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन संगै रिबन काटी शाखा कार्यलयको उद्घाटन गरेका थिए। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बैकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरेका थिए ।
बैंकले वित्तीय पहुंच नभएका ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी गराएका थिए । बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।कार्यक्रममा नेपाल निर्माण सामग्री संघ काठमाडौंका अध्यक्ष अच्युत प्रसाद कटुवाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी,बैक संचालक समितिका अध्यक्ष डा बलराम पाठक लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले आयोजकलाइ धन्यवाद दिदै कागेश्वरीमा शाखा बिस्तार गरेकोमा खुसि ब्यक्त गरेका थिए। नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्रका रुपमा विकसित गरएको थली केही समयपछि काठमाडौँ पूर्वी भेगकै केन्द्रविन्दूको रुपमा विकसित हुने बताएका थिए । केही समय अगाडि पनि गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका मिलाएर उप महानगरपालिका बनाउने प्रस्ताव आएको जानकारी दिदै यदि त्यो अवस्था आयो भने सबैलाई पायक पर्ने स्थानका रुपमा थली बजार हुने उनको भनाइ रहेको थियो । उनले नगरपालिकाले विकास निर्माणको कामलाई तिब्र रुपमा अघि बढाएको बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै बैंकका प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।