काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ , मंगसिर १३ ।

काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६ सय ५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक निरञ्जन दत्तले जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।