यी हुन् नेकपा एमालेका प्रस्तावित पदाधिकारीहरु (सूचीसहित)

कपन अनलाइन

काठमाण्डौ , मंगसिर १३ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनोट गरेका छन्। सोमबार बिहान साढे ३ बजे ओलीले पदाधिकारीको नाम एमाले महाधिवेशनको बन्दसत्रमा बाचन गरेका हुन्।

जसमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्।

त्यसैगरी महासचिवमा शंकर पोखरेल छानिएका छन्। उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

यस्तै  सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

तपाइँको प्रतिक्रिया ।