नेकपा माओवादी केन्द्र गोकर्णेश्वरको अध्यक्षमा मान बहादुर तामाङ, को को बने पदाधिकारी ?

कपन अनलाइन 

काठमाडौँ,मंगसिर १२।नेकपा माओवादी केन्द्र गोकर्णेश्वरको  अध्यक्षमा   मान  बहादुर   तामाङ चयन  भएका छन।   गोकर्णेश्वरमा भएको    नगर अधिवेसनबाट  तामाङको  अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

 

सो कमिटीको  उपाध्यक्षमा न्युच्छे नारायण श्रेष्ठ (मिलन) लाक्पा शेर्पा र मिन बहादुर घिमिरे  चयन भएका छन भने  सचिवमा   गुरु  प्रसाद  धिताल,  र सहसचिवमा  आङकाजी शेर्पा  चयन भएका छन। त्यसै गरि कोषाध्यक्षमा संगीता घिमिरे चयन भएकी छन ।

तपाइँको प्रतिक्रिया ।