गोकर्णेश्वरमा तेस्रो मुवाँथाई बेल्ट फाईट खेल प्रतियोगिता सम्पन्न

गोकर्णेश्वरमा तेस्रो मुवाँथाई बेल्ट फाईट खेल प्रतियोगिता  सम्पन्न

कपन अनलाइन

काठमाडौं,मंगसिर ९। गोकर्णेश्वर मुवाँथाई नगर कमिटिको आयोजनामा तेस्रो मुवाँथाई च्याम्पियन प्रोफेसनल  बेल्ट फाईट खेल प्रतियोगिता सम्पन्न भएको छ । बुधबार  गोकर्णेश्वर ९ स्थित शंखडोल कभर्ड हलमा राष्ट्रिय स्तरमा आयोजित उक्त खेलमा खेलमा २ जना महिला र २८ जना पुरुषको  सहभागीता रहेको थियो  खेल एम्वीयुचर,सेमी प्रो र प्रोफेशनल गरि तीन चरणमा खेलाइएको थियो। उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका प्रमुख राम नारायण शाह ,    गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा , खेलकुद विकास समितिका सल्लाहकार शिवराम कारंजित  लगायत खेलाड़ी, रेफ्री र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर मुवाँथाई नगर कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन सन्तोष पन्तले गरेका थिए।पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरिएको  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले खेलकुदको बिकासका लागि नगरपालिकाले धेरै कार्यक्रम गरिरहेको बताएका थिए ।उनले प्रतियोगिता सफलताको शुभकामना दिदै आगामी दिनमा पनि नगरले खेलकुदको लागि बिभिन्न कार्यक्रम गर्दै जाने बताएका थिए ।

उक्त कार्यक्रममा  एम्वीयुचरको ७० केजी तौल समूहमा सेन्ट्रल मुवाँथाई राजेश कुवर र त्रिभुवन आर्मी क्लबका प्रकाश बरुवाल बीचको खेलमा   त्रिभुवन आर्मी क्लबका प्रकाश बरुवाल बिजयी भएका थिए। त्यसै गरि ५४ केजी तौल समूहमा गोकर्णेश्वर मुवाँथाईका मानसिं तामाङ र  त्रिभुवन आर्मी क्लबका कृष्ण पुन बिचको खेलमा  त्रिभुवन आर्मी क्लबका कृष्ण पुन बिजयी भएका थिए भने  ५८ केजी तौल समुहमा गोकर्णेश्वर मुवाँथाईका सबिन खत्री र बक्समान्डु क्लबका बिपिन बिमती भिडेका थिए ।उक्त खेलमा बक्समान्डु क्लबका बिपिन बिमती बिजयी भए।त्यसै गरि ६४ केजी तौल समूहमा सुकेधारा क्लबका राजकुमार श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका भुपेन्द्र रोका मगर बीच खेल भएको थियो ।सो खेलमा त्रिभुवन आर्मी क्लबका भुपेन्द्र रोका मगर बिजयी भए। सोहि दिन  भएको ७० केजी तौल समुहको खेलमा सुकेधारा क्लबका दोर्ची शेर्पा र रेज क्लबका आशुतोष मुल्मी बीच भएको थियो ।सो खेलमा रेज क्लबका आशुतोष मुल्मी बिजयी भए ।

सोहि दिन भएको सिमि प्रो फाइट खेलको ६५ केजी तौल समुहमा सुकेधारा क्लबका मुकेश लुइँटेल खत्री र त्रिभुवन आर्मी क्लबका  नारायण थापा भिडेका थिए ।निकैनै प्रतिस्पर्धात्मक रहेको सो खेलमा त्रिभुवन आर्मी क्लबका  नारायण थापा बिजयी भए। त्यसै गरि ५६ केजी तौल समूहमा गोकर्णेश्वर मुवाँथाईका  प्रविन राइ र बक्समान्डु क्लबका  अनुज कार्की भिडेका थिए। उक्त खेलमा बक्समान्डु क्लबका  अनुज कार्कीले  गोकर्णेश्वर मुवाँथाईका प्रविन राइलाइ पराजित गरे । त्यस्तै ५२ केजी तौल समूहको खेलमा सुकेधारा क्लबका यमन श्रेष्ठ र गोकर्णेश्वर मुवाँथाईका कृतिम श्रेष्ठ बीच भएको थियो। उक्त खेलमा गोकर्णेश्वर मुवाँथाईका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन श्रेष्ठलाइ पराजित गरेका थिए ।उक्त विधाको अन्तिम खेल ६५ केजी तौल समुह अन्तर्गत  सात दोबाटो क्लबका बिक्रम मोक्तान र सुकेधारा क्लबका नारायण श्रेष्ठ बीच भएको थियो ।सो खेलमा  सात दोबाटो क्लबका बिक्रम मोक्तान बिजयी भए ।

त्यसै गरि प्रतियोगिताको प्रो फाइट अन्तरगतको पहिलो खेल सेन्ट्रल मुवाँथाईका देनिका राइ र रेज क्लबका तेजी माया गुरुङ बीच भएको थियो ।उक्त खेलमा र रेज क्लबका तेजी माया गुरुङ बिजयी भइन। त्यसै गरि गोकर्णेश्वर मुवाँथाईका नवराज पराजुली र त्रिभुवन आर्मी क्लबका होम परियार बीच भएको खेलमा त्रिभुवन आर्मी क्लबका होम परियार बिजयी भए । त्यसै सोहि विधामा गोकर्णेश्वर मुवाँथाईका दावा फून्जो शेर्पा र सेन्ट्रल मुवाँथाईका सन्दिप तामाङ बीच  खेल भएको थियो ।उक्त खेलमा  सेन्ट्रल मुवाँथाईका सन्दिप तामाङ बिजयी भए भने सोहि विधामा  गोकर्णेश्वर मुवाँथाईका  लाक्पा तामाङ र सुकेधारा क्लबका आनन्द राइ बीच भएको थियो।  निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा गोकर्णेश्वर मुवाँथाईका  लाक्पा तामाङले  सुकेधारा क्लबका आनन्द राइलाइ पराजित गर्दै बेल्ट प्राप्त गरे ।

 त्यसै गरि सोहि दिन भएको सो विधा अन्तर्गतको अर्को खेल सुकेधारा क्लबका प्रेब घिसिङ र  फ्रेन्डशिप डब्लु क्लबका बिबेक गदाल बीच भएको थियो ।सो खेलमा फ्रेन्डशिप डब्लु क्लबका बिबेक गदालले सुकेधारा क्लबका प्रेब घिसिङलाइ पराजित गरे ।सो विधाको अन्तिम खेल सुकेधारा क्लबका तेजन मगर र स्ट्रङगेष्ट  क्लब पोखराका ज्ञानेन्द्र सिंह बीच भएको थियो। सो खेलमा सुकेधारा क्लबका तेजन मगरलाइ  स्ट्रङगेष्ट  क्लब पोखराका ज्ञानेन्द्र सिंह लेपराजित गर्दै बिजयी भएका थिए ।कार्यक्रममा बिजेता र उपबिजेतालाई कार्यक्रमका बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।