Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/259352082_4774330625922350_1587146328521436302_n-e1637638606899.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी ४ का विकास योजना निरीक्षणमा नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौँ, मंगसिर ७। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शुरु गरेको टोल टोलमा मेयर अभियान अन्तर्गत २०७८ मंगसिर ४ गते  शिन्बार कागेश्वरी मनोहरा नगरपालिका   वडा नं ४ मा भए गरेका विकास निर्माणको अवलोकन गरेका छन  । कोरोना महामारीको कारण केहि महिना स्थगित भएको सो अभियान पुन संचालन गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन । उक्त अभियान अन्तर्गत नगर प्रमुख थापाले तालिकानै बनाएर प्रत्येक महिनाको  १  गते देखी ९ गते सम्म नगरका  १ देखी ९ वडा सम्म नियमित रुपमा  भए  गरेका विकास कार्यको अनुगमन  संगै स्थानीयको गुनासो तथा भाबि योजनाको लागि छलफल  गर्दै आएका छन।

स्थगित भएको सो अभियान श्रावण १ गते देखि पुन शुरु गरेका हुन। उनले २०७८ मंगसिर ४ गते  शनिबार  गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४  का बिभिन्न स्थानको अवलोकन गर्नुको साथै स्थानीय संग छलफल समेत गरेका थिए   । अनुगमनमा नगर प्रमुख कृष्णहरि थापाका सहित   कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी,  वडा सदस्यहरु सहित   र  स्थानीयहरुको सहभागिता रहेको थियो । नगर  प्रमुख थापाले सोहि अभियान अन्तर्गत  नगरका टोल टोलमा पुगी त्यहा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका काम कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग  छलफल समेत गर्दै आएका छन। उनले वडाबासी टोलबासीहरुसंग टोलको विकासका लागि भइरहेका कार्यहरु र आगामी दिनमा समावेश गर्नुपर्ने योजनाहरुको सम्बन्धमा छलफल गरेका थिए  ।

नगरमा सुशासन कायम गर्ने अभियानका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनि टोल टोलमा मेयर अभियानलाइ एक साथ अघि  बढाउदै  कागेश्वरी मनोहरा नगरपालिकाका प्रत्येक वडाका टोल टोलमा पुगिरहेका छन । निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान चार वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगामी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन ।

तपाइँको प्रतिक्रिया ।