कान्ति भैरव माविमा अध्ययनरत विद्यार्थीहरुलाई मासिक १०० अभियान नेपालको छात्रवृत्ति

कान्ति भैरव माविमा अध्ययनरत विद्यार्थीहरुलाई  मासिक १०० अभियान नेपालको छात्रवृत्ति

कपन अनलाइन

काठमाडौं, मंगसिर ७। मासिक १०० अभियान नेपालले कान्ति भैरव मा.वि. मा अध्ययनरत  बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित श्री कान्ति भैरब माध्यमिक बिध्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ६ सम्म अध्ययन गर्ने  ७ जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

 संस्थाले मासिक शुल्क, विद्यालय पोशाक तथा भर्ना स्वरुप  रु २० हजार २५ सहयोग गरेको अध्यक्ष सन्जय पोखरेलले कपन अनलाइनलाइ जानकारी गराउदै आगामी दिनमा पनि सहयोग जारी रहने बताएका छन। उनले आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित  हुन नपरोस र बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको  जानकारी गराए  ।   मासिक सय अभियान नेपालले  संस्थामा आवद्द सदस्यहरु संग मासिक रुपमा  रु सय संकलन गर्दै  सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

 

तपाइँको प्रतिक्रिया ।