नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसन प्रतिनिधि जनजाती तर्फ बाट सत्यभामा श्रेष्ठले उम्मेदवारी दिने
कपन अनलाइन
काठमाडौं, मंगसिर ५। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधि जनजाती तर्फ बाट सत्यभामा श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेकी छन । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहेकी महिला नेतृ श्रेष्ठ हाल गोकर्णेश्वर नगरपालिका न्याय कार्यपालिका सदस्य समेत हुन ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश क संयोजक रहेर काम गरिसकेकी श्रेष्ठले सन्तोष चालिसे प्यानल मार्फत केन्द्रिय महाधिबेशन प्रतिनिधि जनजाती तर्फ बाट उम्मेदवारी दिन लागेकी हुन।
गोकर्णेश्वरमा काँग्रेसको संगठन विस्तार तथा नेपाली काँग्रेस पार्टीलाई थप बलियो बनाउनको लागि महत्वपुर्ण भुमिका खेलेकी श्रेष्ठले निष्ठा,इमानदारीता,स्वाभिमानको लागि आगामी केन्द्रिय महाधिबेशनमा सक्षम र योग्य नेतृत्व चयन गर्ने कार्यको लागि आफुलाई महाधिबेशन प्रतिनिधिमा निर्वाचित गराउनको लागि सम्पुर्ण वडा सभापतिहरु तथा क्षेत्रिय प्रतिनिधीहरुलाई आग्रह समेत गरेकी छन । उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।