राखेपको सदस्य–सचिवका लागि दरखास्त आह्वान

राखेपको सदस्य–सचिवका लागि दरखास्त आह्वान

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर राखेप सदस्य–सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य–सचिव सिफारिस समितिले राखेपको सदस्य–सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया ।