काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा गोकर्णेश्वर प्रमुख सन्तोष चालिसेको उम्मेदवारी घोषणा

काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा गोकर्णेश्वर प्रमुख सन्तोष चालिसेको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ , मंगसिर २।

काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सन्तोष चालिसेको उम्मेदवारी घोषणा भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको पिस ब्यन्केटमा गोविन्द पुडासैनीको समर्थनमा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले चालिसेको उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाण्डौ क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधि , प्रदेस क्षेत्रका उम्मेदवार र नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा वर्तमान क्षेत्रीय सभापति चालिसेले १४ औ महाधिवेसनमा पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल कार्यक्रम जारी रहेकोले प्यानल सहित अन्य  थप विवरण आएको छैन ।

तपाइँको प्रतिक्रिया ।