भोलि नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका दुई वडाको अधिवेसन हुदै

कपन अनलाइन

काठमाण्डौ , मंगसिर २।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीले वडा अधिवेसनको तयारी पुरा गरेको छ। कार्तिक २५ गते सम्म सदस्यता नवीकरणको काम सकाएको नगर कमिटीले निर्वाचन समिति निर्माण गर्दै वडा अधिवेसन गर्ने तयारीमा लागेको हो।

भोलि मंगसिर ३ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १३ को अधिवेसन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले मंगसिर ४ गते अन्य वडामा अधिवेसन गर्ने जानकारी दिएको छ।

वडा नं ११ को अधिवेसन बिहान ७ बजे मनकामना हाइट रेस्टुरेन्ट ,राममन्दिरमा हुनेछ छ भने वडा नं १३ को अधिवेसन चुनिखेलमा रहेको कन्ट्री भिल्ला रिसोर्टमा बिहान ९ बजे हुनेछ।

मंगसिर ११ गते हुने नगर अधिवेसन भन्दा पहिला १३ वटै वडामा अधिवेसन सम्पन्न गर्ने जानकारी दिदै माओवादी केन्द्र बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले सबै वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने बताएका छन।

वडा र नगर अधिवेशनलाई पार्टी जीवनको महत्वपूर्ण अवसरका रुपमा लिदै सबै सदस्य ,समर्थक र शुभचिन्तकहरुलाई सक्रिय सहभागी बन्न अनुरोध गर्दै अधिकारीले नगरवासीलाई  सुझाव र रचनात्मक सल्लाह दिनका लागि आग्रह समेत गरेका छन।

सर्वोच्च अदालतको निर्णयबाट पार्टी पुरानो अवस्थामा फर्किए पश्चात अभियान संचालन गरेर आक्रामक संगठन र सदस्यता विस्तार गरेको नेकपा माओवादी केन्द्र बुढानिलकण्ठले वडा र नगर अधिवेसनपछि स्थानीय तहको निर्वाचन केन्द्रीत वर्तमान स्थानीय सरकारले गरेका गलत कामको भण्डाफोर र जनपरिचालनलाई जोड दिने एक नेताले बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।