नेपाली काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को सभापतिमा बिमल ठकुरी सहितको प्यानल घोषणा

कपन अनलाइन

काठमाडौं कात्तिक २९। नेपाली  काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को अधिबेशनका लागि उम्मेदवारहरुको घोषणा भएका छन्  |  गोकर्णेश्वरको पिस ब्यांकेट जोरपाटीमा  नेपाली  काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को अधिबेशनका लागि उम्मेदवारहरुको घोषणा भएको हो ।मंसिर ३ गते हुने  नेपाली कांग्रेसको १४ औं प्रदेश अधिवेशनमा  हाल महासमिति सदस्य समेत रहेका बिमल ठकुरीले प्रदेश सभापतिमा उम्मेदवार दिने भएका छन। उक्त दिन उनले आफ्नो प्यानलको समेत घोषणा गरेका थिए ।जसमा प्रदेश  उपसभापतिमा बच्चुराम शर्मा कुइकेल र प्रधुम्न खड्का रहेका छन् भने प्रदेश सचिबमा जयराम महत र सनातन अर्याल रहेका छन। त्यसै गरि प्रदेश सहसचिबमा इन्दिरा दाहाल र प्रल्हाद थापा रहेका छन ।  उक्त कार्यक्रममा नेपाली  कांग्रेसको केन्द्रीय सदस्य एबम पुर्व मन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यता  रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मंसिर ३ गते हुने  नेपाली कांग्रेसको १४ औं प्रदेश अधिवेशनमा काठमाडौं क्षेत्र न३ प्रदेश (ख)मा नेपाली कांग्रेसको बलियो संगठनकाे लागि प्रदेश सभापतिमा  बिमल ठकुरी उपसभापतिमा प्रधुम्न खड्का र बच्चुराम कुईकेल सचिवमा सनातन अर्याल र जयराम महत, सहसचिवमा ईन्दिरा दाहाल र प्रल्हाद थापालाई शुभकामना दिदै बलियो कांग्रेस निर्माणका लागि अघि बढ्न अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।