नेपाल बुद्धिजीवी संगठन बुढानिलकण्ठ नगर कार्यसमिति गठन

नेपाल बुद्धिजीवी संगठन बुढानिलकण्ठ नगर कार्यसमिति गठन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

नेकपा(माओवादी केन्द्र) को एक प्रमुख जनवर्गिय संगठन नेपाल बुद्धिजीवी संगठनले बुढानिलकण्ठ नगर भेला सम्पन्न गरेको छ ।सो  भेलाले बरिष्ठ वामपन्थी बुद्धिजीवी माधव आचार्यको नेतृत्वमा २५ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।

बुढानिलकण्ठ १० कपनको मिलनचोक पार्टी भेन्युमा सम्पन्न भेलाले उपाध्यक्षमा माधव प्रसाद शर्मा र अनिता शर्मालाई चयन गरेको छ भने सचिवमा कृष्ण दाहाल चयन भएका छन् ।

भेलाले डेनमार्कका लागि पूर्व नेपाली राजदूत तथा माओवादीका बिदेश बिभाग सदस्य युवनाथ लम्सालको संयोजकत्वमा १९ सदस्यीय नगर सल्लाहकार समिति समेत चयन गरेको छ ।

 

नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा बुद्धिजीवी संगठनको बिशेष प्रदेशका संयोजक डा शिवकुमार राईको प्रमुख आतिथ्यता, सो संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारी, कार्यालय सदस्य भिमसेन गौतम, नेकपामाओवादीका ४ नं क्षेत्रका ईन्चार्ज बिदुर खडका र संगठनको बाग्मति प्रदेश संयोजक भरत शर्माको बिशेष आतिथ्यता, संगठनको कानुन तथा प्रशासन बिभाग संयोजक बिष्णु पाण्डे, बुनपा माओवादी संयोजक रविन अधिकारी, संगठनका केन्द्रिय सदस्य नारायण काफले, केन्द्रिय लेखा आयोगका सदस्य भरत गौतम, नेकपा माओवादी केन्द्र बुढानीलकण्ठका नेताहरु डम्बर अधिकारी, कुसुम बिक, उद्धव चौलागाई, शिव वजगाई, कुमार खरेल लगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता  माधव आचार्य र संचालन ज्ञानेन्द्र नेपालले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।