काठमाण्डौ क्षेत्र नं ४ मा ५ जना महाधिवेसन प्रतिनिधिमा छनौट ,को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २७ ।
काठमाण्डौ क्षेत्र नं ४ मा ५ जना महाधिवेसन प्रतिनिधि छनौट भएका छन। चाबहिल मित्रपार्कमा रहेको गोल्डेन लाइट पार्टी प्यालेसमा भएको महाधिवेसन प्रतिनिधि छनौट भेला बाट एक महिला र चार पुरुष प्रतिनिधिमा चयन भएका छन ।
काठमाण्डौ क्षेत्र नं ४ बाट निर्मल कुइकेल,तेज ढकाल ,विदुर विक्रम खड्का ,नवराज भट्टराई र बिन्दा गौतम महाधिवेसन प्रतिनिधिमा सर्वसम्मत छनौट भएका छन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो प्रतिनिधि छनौट भेलामा २१ जनाले उम्मेदवारी दिएता पनि ५ जनाको नाममा सर्वसम्मत भएको प्रमुख निर्वाचन आयुक्त भरत कार्कीले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।