सिमलटारमा सुविधा सम्पन्न सिद्दार्थ बुटिक होटल संचालनमा आयो
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २७। बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिका वडा नं ६ को सिमाना सिमलटार सिदार्थ बिजिनेस ग्रुप अफ हस्पिट्यलिटिको प्रवर्धनमा सुविधा सम्पन्न बुटिक होटेल संचालनमा आएको छ।
बौद्ध रामहिटी ,कैलाश बोधी स्कुल बाट करिव २ सय मिटर सिमलटार जाने सडकमा करिव ११ रोपनी क्षेत्रफलमा रहेको सो होटलमा स्वीमिङ्ग पुल,साउना बाथ,हेल्थ क्लव, करिव १ हजार क्षेमताको कार्यक्रम हल र रुम सर्भिसको सुविधा रहेको छ।
बुढानिलकण्ठ,बौद्ध,गोकर्णेश्वर,चावहिल सहित काठमाण्डौका विभिन्न क्षेत्रका संघ संस्था ,विद्यालय,सहकारी लगायत व्यवसायिक क्षेत्रलाई सहज सुपथ तरिकाले सेवा उपलव्ध गराउने उदेस्यले सो होटल संचालनमा ल्याइएको सिदार्थ बिजिनेस ग्रुप अफ हस्पिट्यलिटि प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिएका छन।
विवाह ,ब्रतबन्ध,पारिवारिक जमघट,जन्मोत्सव,वार्षिकोत्सव,साधारण सभा,तालिम, प्रशिक्षण जस्ता कार्यहरुको लागि व्यवस्थित स्थान र तयारी रहेको बताउदै न्यौपानेले एक पटक अवलोकनका लागि सबैमा अनुरोध गरेका छन।
कसरि पुग्ने सिदार्थ बुटिक होटेल ?
यो होटल बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाको सिमानामा रहेको बौद्ध रामहिटी र सिमलटारको विचमा रहेको छ।
निकै शान्त र मनोरम वातावारणमा रहेको यो होटल चावहिलबाट आरुवारी आउने सडकको रामहिटीबाट पनि आउन सकिन्छ भने सुकेधारा-कपन फैका हुदै पनि आउन सकिन्छ।
त्यस्तै जोरपाटी र गोकर्णेश्वर बाट आरुवारी सिमलटार हुदै पनि यो होटलसम्म पुग्न सकिन्छ।