महाधिवेसन प्रतिनिधि कुनै पनि हालतमा छोड्दिन : नेता धुर्व भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा उम्मेदवार बन्ने घोषणा गरेका नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का नेता धुर्व भट्टराईले कुनै पनि हालतमा प्रतिनिधित्व नछोड्ने बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ बाट पहिलो पटक महाधिवेसन प्रतिनिधिमा उठने घोषणा गरेका भट्टराईले सहमतिका नाममा कुनै पनि अप्रिय संझौता नगर्ने बताउदै काठमाण्डौ क्षेत्र नं ४ मा परिवर्तन आवस्यक रहेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा महाधिवेसन प्रतिनिधिका लागि छलफल चलिरहेको सुन्नमा आएको बताउदै उनले आफुलाई कुनैपनि खबर नभएकोमा आपत्ति प्रकट गरेका छन ।
कुनै अमुक नेताले आफ्ना लागि वातावरण बनाउनका लागि आयोजना गरिने यस्ता भेला र बैठकको कुनै तुक र अर्थ नरहेको भन्दै भट्टराईले आफ्नो उम्मेदवारी परिवर्तन र युवा मतको सम्मान तथा भूमिकाका लागि रहेको धारणा राखेका छन।
मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका उपाध्यक्ष समेत रहेका भट्टराईले यस पटक नेकपा एमालेको महाधिवेसनमा जाने प्रतिनिधि कुनै वडा,नगर ,समुह वा समुदायको नहुने सबैले बुझ्नुपर्ने भन्दै उनले पार्टीको विचार जनताको बहुदलीय जनवादलाई निरन्तर र अविचलित रुपमा बोक्ने कर्मठ प्रतिनिधि हुनुपर्ने बताएका छन ।