ओखलढुंगामा महाधिवेसन प्रतिनिधि सर्वसम्मत हुने संकेत,को को छन सम्भावित ?
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
ओखलढुंगा जिल्लामा नेकपा एमालेको दशौ महाधिवेसनका लागि प्रतिनिधि छनौट सर्वसम्मत हुने संकेत देखिएको छ। कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटका लागि प्रक्रिया शुरु भए संगै निरन्तर चलेको छलफलले सर्वसम्मत प्रतिनिधि चयन हुने सम्भावना अत्याधिक बढेको एक जिल्ला कमिटी सदस्यले जानकारी दिएका छन।
यस अघि नै ओखलढुंगा जिल्लाले पाउने ८ महाधिवेशन प्रतिनिधिको दलित तर्फ ओम दयाल सर्वसम्मत भएका छन भने आज दिनभरको कसरत पश्चात अन्य ७ प्रतिनिधिमा पनि सहमति जुटेको चर्चा अहिले ओखलढुंगामा व्यापक चलेको छ।
सर्वसम्मत भएका महाधिवेसन प्रतिनिधिहरुको नाम २७ गते मात्र सार्वजनिक गर्ने बताइए पनि अम्बिरबाबु गुरुङ, नानीबाबु बुढाथोकी ,शान्ता ढुंगेल ,सकुन्तला राजभण्डारी , हर्कबोल राई ,मोहन श्रेष्ठ र तारा कार्कीको नाममा सहमति जुटेको श्रोतले जानकारी दिएको छ।
अहिले गोप्य राखिएको भनिएका माथिका नामहरु कुनै अप्रिय र अफ्ट्यारो अवस्था आएमा मात्र परिवर्तन हुने उक्त श्रोतको दावी छ।