बुढानीलकण्ठ नगरपालिकामा जनगणना शुरु,पहिलो गणना नगर प्रमुखको

बुढानीलकण्ठ नगरपालिकामा जनगणना शुरु,पहिलो गणना नगर प्रमुखको

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिकामा पनि आज बिहान ९ः३० बजे नगर प्रमुखको गणना गरी जनगणना सुभारम्भ गरिएको हो  ।

नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा हुँदै आएको जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । बुढानीलकण्ठ नगरपालिकामा मात्र ४१ जना सुपरिवेक्षक सहित १८८ गणक कार्यक्षेत्रमा खटिएका छन् ।

एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने स्थानीय जनगणना कार्यालय, बुढानीलकण्ठका अधिकारी भोला ढुङ्गानाले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।