काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा दुर्गा थापाको दावी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा दुर्गा थापाको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य दुर्गा थापाले महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेकी छन।

बुढानिलकण्ठ नगरपालिकाको आर्थिक समितिको संयोजक समेत रहेकी थापाले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटमा काठमाण्डौ क्षेत्र नं ४ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

लामो समय देखि बुढानिलकण्ठको कम्युनिस्ट राजनीतिमा शशक्त रुपमा अग्रमोर्चामा रहेर योगदान दिएकी थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ८ बाट निर्वाचित भएकी थिइन्।

राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी थापा विभिन्न सामाजिक र धार्मिक संघ संस्थाहरुमा पनि आवद्ध रहेकी छन ।

 

तपाइँको प्रतिक्रिया ।