काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा राजु अधिकारीको उम्मेदवारी घोषणा

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा राजु अधिकारीको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले  उम्मेदवारी घोषणा गरेका छन।

तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपालको स्थापना काल देखि नै सक्रिय रहेर करिव तिन दशक नेकपा एमालेको राजनीतिमा योगदान दिएका अधिकारीले नेकपा एमालेको दशौ महाधिवेसनमा प्रतिनिधिमा उठ्ने घोषणा गरेका हुन्।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ बाट जनप्रतिनिधिमा निर्वाचित भएका उनले साविक कपन गाउँ कमिटी,क्षेत्रीय कमिटी र नगर  कमिटीमा विभिन्न जिम्मेवारीहरु बहन गरिसकेका छन।

तत्कालिन काठमाण्डौ क्षेत्र नं १,क्षेत्र नं २ हुदै क्षेत्र नं ४ बनेको अवस्था सम्म आफुले सधै कम्युनिस्ट आन्दोलन र आदर्शलाई अनुसरण र सम्मान गरेको बताउदै अध्यक्ष अधिकारीले यस पटक पार्टीको सर्वोच्च मंचमा पुर्याउन सहयोगका लागि सम्पूर्णमा अनुरोध समेत गरेका छन ।

हाल आफु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेकोले कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा शशक्त दावी रहने बताउदै अधिकारीले काठमाण्डौ क्षेत्र नं ४ मा स्थानीय ,प्रदेस र संघीय निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउन जुझारु योगदान गर्ने योजना रहेको धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।