यी हुन् सीमा र संगीतामाथि ‘एसिड हान्‍ने’ युवा, ‘एसिड आक्रमणकारी’ पत्रकार सम्मेलनमै बेहोस

यी हुन् सीमा र संगीतामाथि ‘एसिड हान्‍ने’ युवा, ‘एसिड आक्रमणकारी’ पत्रकार सम्मेलनमै बेहोस

अपडेटः ११:१४

काठमाडौ, ६ चैत । काठमाडौंको बसन्तपुरको ट्युसन सेन्टरमा दुर्इ किशोरीलार्इ एसिड हान्ने युवालार्इ प्रहरीले सार्वजनिक गरेको छ ।
रामेछापको फुलासी गाविस-८ भएका २२ वर्षीय युवा जीवन विकलार्इ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

acid-attack-jeevan-bk3
लामो अनुसन्धानपछि उनलार्इ प्रहरीले भारतको सिक्किमबाट पक्राउ गरी ल्याएको हो ।
पक्राउ परेका युवा एसिड हानिकएका किशोरीहरु संगीता मगर र सिमा बस्नेत बस्ने घरैमा डेरा बस्दै आएका थिए ।
संगीता मगरको परिवारले जीवनमाथि शुरुबाटै शंका गर्दै आएको थियो । संगीता सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरुलार्इ एसिड हान्ने युवाको नाम जीवन भएको बताएकी थिइन् ।

acid4

रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं बसन्तपुरमा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन्।
जीवनले संगीतालार्इ आफ्नो कोठामा ट्युसन पढ्न बोलाउने गरेका अनुसन्धानबाट खुलेको छ । संगीताले ट्यूसन पढ्न उनको कोठामा जान नमानेपछि जीवनले पटक पटक जिस्क्याउँदै आएको पनि खुलेको छ ।

आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्‍यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

ट्युसन पढिरहेका किशोरीहरु संगीता मगर र सीमा बस्नेतलार्इ एसिड हान्ने युवा प्रहरीको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।
२० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् ।
पत्रकार सम्मेलनमा ढलेपछि प्रहरीले उनलार्इ तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको छ ।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

कपन अनलाइ – चैत्र ६  गते /राजधानीमा ट्युसन पढिरहेका दुई किशोरी माथी एसिड आक्रमण भएको एकमहिना पछी आज प्रहरीले ११ बजे  पत्रकार सम्मलेन गरि घटनाका दोसी सार्वजनिक गर्ने भएको छ  ।

 

ए प्लस’ ट्युसन सेन्टरमा एसएलसी तयारीका लागि ट्युसन पढिरहेका दुई किशोरी संगिता मगर र सीमा बस्नेत माथी जीवन विक नाम गरेका व्यक्त्तिले   कक्षा कोठा भित्रै प्रवेस गरेर एसिड प्रहार गरेको प्रहरीले प्रमाणित गरेको छ  । थप समाचार केहीबेरमा

 

तपाइँको प्रतिक्रिया ।