सुन्ताखान युवा क्लब गोकर्णेश्वर ३ को देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न

सुन्ताखान युवा क्लब गोकर्णेश्वर ३ को देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न

कपन अनलाइन 

काठमाडौं, कात्तिक २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३  मा रहेको सुन्ताखान युवा क्लबले  देउसी भैलो तथा सांस्कृतिक  कार्यक्रम  सम्पन्न गरेको छ ।

कार्तिक १८  गते  बिहिबार लक्ष्मीपुजाको दिन गोकर्णेश्वर ३ घट्टा बसपार्क सुन्ताखानमा   अपरान्ह   ३  बजे देखि  शुरु भएको उक्त कार्यक्रम साँझ ९ बजे सम्म चलेको थियो।

नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गर्न टेवा पुग्नुको साथै देउसी भैलो बाट संकलित रकम सामाजिक क्षेत्रमा लगाउने पबित्र उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मण गोले लामा, लक्ष्मी भण्डारी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रम संचालन संचारकर्मी अनिल सुनामले गरेका थिए । कार्यक्रममा  चर्चित लोक गायक नवराज घोरासैनी , लोक गायक सुर्यमणि आचार्य चर्चित  हास्य कलाकार तथा गायक राजन चौलागाई (खैराते) चर्चित लोक गायिका दुर्गा बिडारी  स्थानीय कलाकार राजेश श्रेष्ठ र अशोक केसीको प्रहसन रहेको उक्त कार्यक्रममा तारेभिरका शान गायक सुरेश लामा, गायक बिमान लामा  सहित स्थानीय कलाकारहरुले प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ती नेपाल,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी  लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

देउसी भैलो बाट संकलित रकम सामाजिक कार्यमा लगाउने बताउदै सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।