गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ को  भिन्तुना मोटरसाइकल र्‍याली  सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ को  भिन्तुना मोटरसाइकल र्‍याली  सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,कात्तिक २१ ।नेपाल संवत् ११४२ को उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले   भिन्तुना मोटरसाइकल र्‍याली  सम्पन्न गरेको छ । गोकर्णेश्वर महादेव प्राङ्गण बाट शुरु भएको उक्त  भिन्तुना मोटरसाइकल र्‍यालीको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले रिवन काटी र्‍यालीको शुभारम्भ गरेका थिए।

उक्त कार्यक्रममा नगर उप प्रमुख शान्ती नेपाल,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा सदस्य बालकृष्ण श्रेष्ठ, जयराम महत गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार एबम प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सहित क्लबका  पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई  टिका सहित सगुन वितरण गरिएको थियो । गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारको अध्यक्षता भएको सो  र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । र्‍यालीमा सहभागीहरुले गोकर्णेश्वर ३ टोठा, गोकर्णेश्वर ४ नाम्गेल, गोकर्णेश्वर २ नयाँपाटी गोकर्णेश्वर १ सुन्दरीजल परिक्रममा गरि पुन गोकर्णेश्वर ४ को ऐतिहासिक गाउ देशे लाक्षीमा समयबाजी र  टुच्चा कार्यक्रम गरि समापन गरेका थिए ।

र्‍यालीमा सहभागीहरुलाइ बिभिन्न स्थानमा स्वागत गरिएको थियो। समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले नेपाल सम्बत मुलुककै मौलिक सम्बत भएको बताए। ।उनले नेवारी सँस्कृतिको संरक्षणमा नेवार समुदाय सशक्त भएर लागेकोमा खुसी व्यक्त गर्दै यसले सबै समुदायलाई सँस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको जिकिर गरे।

नेवार समुदायको सँस्कृति जगेर्ना गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले बिभिन्न कार्यक्रम गरिरहेको र आगमी दिनमा पनि गर्दै जाने बताए कार्यक्रममा बोल्ने वक्ताहरुले  नेपाली सम्बत नेपाल सम्बत रहेको बताउदै शंखधर शाख्वाको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा भिन्तुना मोटरसाइकल र्‍यालीमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

 कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले   भिन्तुना मोटरसाइकल र्‍यालीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए। गोकर्णेश्वर युवा उपकार क्लबले प्रत्येक वर्ष भिन्तुना मोटरसाइकल र्‍याली गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।