नयाँबस्ति युवा क्लबको ३५ औं बार्षिक साधारण सभा तथा महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय भवन उद्घाटन सम्पन्न

नयाँबस्ति युवा क्लबको ३५ औं बार्षिक साधारण सभा तथा महाकवि  लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय भवन उद्घाटन सम्पन्न

कपन अनलाइन

काठमाडौं, कत्तिक २१ । “सामाजिक कार्य नै देश बिकासको मेरुदण्ड हो” भन्ने मुल नाराको साथमा  गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको नयाँबस्ति युवा क्लबको ३५ औं बार्षिक साधारण सभा तथा महाकवि लक्ष्मी प्रसाद देबकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय भवन उद्घाटन र अभिनन्दन एबम सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कात्तिक  १८ गते नया बस्ति प्राङ्गणमा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइ, बागमती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयाल प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ती नेपाल,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा,गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल लगायत जनप्रतिनिधि बिभिन्न संघ सस्थाका पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ बस्ति युवा क्लबका अध्यक्ष रामकुमार तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालन नयाँ बस्ति युवा क्लबका सचिब चन्द्रमणि गौतमले गरेका थिए कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीले  गोकर्णेश्वर नगरपालिका द्वारा विनियोजित  ५० लाख रुपैयाको  लागतमा निर्माण भएको  महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय भवनको  उद्घाटन गरेका थिए ।

बिगतका बर्ष जस्तै यस बर्ष पनि  क्लबले  साहित्यिक ब्यक्तित्व सम्मान तथा युवा सम्मान बाट सम्मान गर्नुको साथै  संस्थालाइ सहयोग गर्ने बिभिन्न संघ संस्थाका  ब्यक्तित्वहरुलाई सम्मान पत्र तथा मायाको चिनो बितरण गरिएको थियो।कार्यक्रममा  प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइ,  बागमती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयाल प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाइ नागरिक अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा बोल्दै शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीले आयोजकलाइ धन्यवाद दिदै नया बस्ति युवा क्लबमा बनेको लक्ष्मी प्रसाद देबकोटा पुस्तकालयले साहित्य प्रेमीहरुको लागि राम्रो गन्तब्य बन्ने बिश्वास ब्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।