मिस शिङ्सा भोटियाको फिनाले यहि मङ्सिर २१ गते हुने

मिस शिङ्सा भोटियाको फिनाले यहि मङ्सिर २१ गते हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१।

अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको एतिहासिक कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले यहि मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ ।

देशका विभिन्न कुनाबाट छनौटमा परेका ट्प सेभेनको प्रस्तुति रहने उक्त समारोहमा नेपाली चलचित्र, कला, संगीत र समाज सेवामा योगदान पुर्याउने विशिस्ट व्यक्तित्वहरुलाई शिङ्सा-भोटिया सम्मान समेत गरिने आयोजक समितिले जानकारी गराएको छ । ईन्डियन आईडल प्रशान्त तामाङ, गायिका कुन्ती मोक्तान, गायक लाक्पा शेर्पा, गायक मिङमा शेर्पा, गायक उमंग भोटिया, गायक छिरिङ भोटिया, गीतकार गुरु भोटियालाई शिङ्सा-भोटिया संगीत सम्मानले सम्ममा गरिने भएको छ ।

यसैगरी कलाकार बुद्धि तामङ, कलाकार बिजय बराल, कलाकार गजित विस्ट, कलाकार केकी अधिकारी र चित्रकार योन्देन भोटियालाई शिङ्सा-भोटिया कलाकारीता सम्मान प्रदान गरिने भएको छ । पत्रकार डिनेश डिसी, सुशील पौडेल र निमा पोङ्सुवा भोटियालाई शिङ्सा-भोटिया पत्रकारिता सम्मानले सुसोभित गरिने र समाजसेवी कर्मा ज्यामु भोटिया, कर्म भोटिया, छिरिङ पान्ढे भोटे, सान्डुक भोटे, फुर्बु रिदर भोटे, छेवाङ भोटिया र किङ्साङ लामा भोटेलाई पनि विभिन्न विधामा सम्मानित गरिने आयोजकले जानकारी गराएको छ । रास्ट्रीय कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा शिङ्सा-भोटिया समुदायको कलाकारहरुको पनि विशेष प्रस्तुति रहने आयोजक समिती अध्यक्ष तेन्जिङ भोटियाले जानकारी गराएको छ । कास्टमण्डभ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस कार्यक्रमको आयोजक भने बज्रकिल्या प्रोडक्सन्स प्रा लि रहेको छ ।

तपाइँको प्रतिक्रिया ।