गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं ,कात्तिक १४।  गोकर्णेश्वर नगरपालिका  वडा नं ४ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार गोकर्णेश्वर नगरपालिका  सामाजिक विकास शाखाको आयोजनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबहिनीचोकमा बिहान ११ बजे बाट शुरु भएको  उक्त स्वास्थ्य शिबिरमा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, कार्यक्रम संयोजक सत्यभामा श्रेष्ठ,  कर्मचारी  अजिता कपाली  वडा सदस्यहरु स्वास्थ्यकर्मीहरु सहित  स्थानीयको उपस्थिति रहेको थियो ।

 उक्त शिबिरमा स्त्रीरोग, नाक ,कान घांटी ,जनरल मेडिसिन सेवा सहितको नि:शुल्क सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी परामर्श सहित निशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरमा  २००  जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।  नगरपालिकाले बिभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।