कणिक कुटनीति : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १३।
पुरुषार्थी हुनुपर्छ आफै राष्ट्रप्रमुखले
आप्mनु दुर्वलता छोप्नु शत्रुको खोज्नु यत्नले
शत्रुमाथि कडा दृष्टि राख्ने बानी बनाउनु
दुष्ट शत्रुहरूलाई मौकामा तहलाउनु ।।१।।
अग्निको शेष जस्तै हो शत्रुशेष नराखनु
बढ्नसक्छ रहेशेष निशेषनै गराउनु
पहिले मुख्य शत्रुनै सिध्याएर अरु पनि
नास्तै मास्तै अघि बढ्नु शत्रुपक्ष चुनी चुनी ।।२।।
शत्रु हो अहिले मेरो शरणमा छ यो भनी
ढुक्क भएर संगै त्यो राख्न हुदै हुदैन नि
शत्रु गतिविधि जान्नु आप्mनु गोप्य गरिकन
रुख ढालेसरी ढाल्नु दिनैहुन्न पलाउन ।।३।।
आफन्त गुरु वा मित्रजस्तै छ तर नीच हो
त्यस्तालाई संगै राख्न विश्वास गर्न हुन्न हो
परन्तु क्रोधको भाव देखाउन हुदैन है
मिठा मिठा गरी वार्ता शत्रुको नाश गर्नु है ।।४।।
अर्थ सञ्चयका लागि जनता नसताउनु
जनशक्ति बुझी थोरै कर भने लगाउनु
थोपा थोपा गरी पानी महासागर बन्दछ
धन पनि त त्यस्तै हो थोरैले धेर बन्दछ ।।५।।
उद्योग कलकार्खाना खुलाई धन सञ्चय
गरी राज्य चलाएर जनता पार्नु निर्भय
बिस्तारै धन बढ्ने हो राष्ट्रको उन्नति संगै
राष्ट्र «हो दुहुनु गाइ दुध दिन्छ खुसी हुदै ।।६।।
नहुनु अर्थको दाश यसले दुःख ल्याउँछ
राज्य संयन्त्र हल्लन्छ राष्ट्रीय सान गल्दछ
तसर्थ राष्ट्र हाँक्नेले सतर्क हुनुपर्दछ
राष्ट्रको उन्नति गर्दै चुचुरा छुनुपर्दछ ।।७।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक