नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको अध्यक्षमा राजु श्रेष्ठ
कपन अनलाइन
काठमाडौं कात्तिक ११। नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगरकमिटीको अध्यक्षमा राजु श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। मंगलबार भएको नगर अधिबेसन बाट नेकपा एमाले चन्द्रागिरि नगरकमिटीको उपाध्यक्षमा गिता पोखरेल निर्वाचित भएकी छन भने सचिबमा राजभाई महर्जन निर्वाचित भएका छन ।माधव के.सी. र लक्ष्मी थापालाइ उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो।
तपाइँको प्रतिक्रिया ।