नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा ज्योतिराम फुयाल
कपन अनलाइन
काठमाडौं,कात्तिक १०। नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा ज्योतिराम फुयाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। मंगलबार भएको नगर अधिबेसन बाट नेकपा एमाले कागेश्वरी मनोहरा नगरकमिटीको उपाध्यक्षमा पुष्कर प्याकुरेल निर्वाचित भएका छन् भने सचिबमा धन बहादुर श्रेष्ठ निर्वाचित भएका छन ।
गिता खड्का र गोकुल रिजाललाइ उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो।
फोटो : धर्मराज केसी
तपाइँको प्रतिक्रिया ।