आजदेखि देशभर भिटामिन ‘ए’ कार्यक्रम सुरु

आजदेखि देशभर भिटामिन ‘ए’ कार्यक्रम सुरु

कपन अनलाइन 

काठमाडौं ,कात्तिक ७ । आजदेखि देशभर भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको हो । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।

भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

तपाइँको प्रतिक्रिया ।