कागेश्वरीको पेप्सीकोला –ब्रम्हखेल सडक निर्माण गर्ने सम्बन्धि भएका निर्णयहरु
कपन अनलाइन
काठमाडौँ, कात्तिक ६। कागेश्वरी मनोहरा नगरपालिकाले पेप्सीकोला –ब्रम्हखेल सडक निर्माण गर्ने सम्बन्धि बैठक बाट भएका निर्णयहरुको बारेमा प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले जारी गरेको उक्त प्रेस बिज्ञप्तिमा नगर प्रमुख कृष्णहरि थापाको उपस्थितिमा नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल ,निर्माण व्यवसायी उमेश लामा, इन्जिनियर दिलिप गुरुङ उपभोक्ता समितिका अध्यक्ष रुद्र थापा सहित बसेको बैठकले पेप्सीकोला –ब्रम्हखेल सडक निर्माण गर्ने सम्बन्धि बैठक बाट भएका निर्णयहरु निम्न रहेको जानकारी गराइएको छ।
१) पिपलबोट , महाकाल भैरब बाट वडा नं ६ नेवार टोलको ढुंगेधारा सम्म सडक ग्राभेल,वेस राख्ने पेटी निर्माण कार्यलाइ निरन्तरता दिइ मार्ग मसान्त सम्म कालोपत्रे गर्ने।
२) नेवार टोल ढुंगेधारा बाट माइतीनेपाल, ह्युम पाइप कारखाना सम्मको ढल निकासको व्यवस्था कार्तिक मसान्त सम्म सम्पन्न गर्ने।
३) ह्युम पाइप देखि दुरसंचार सम्मको साइडमा फुटपाथ र वेसको कार्य पौष मसान्त सम्म सम्पन्न गर्ने।
४) नेवार टोल देखि ह्युम पाइप सम्मको फुटपाथ र वेसको काम माघ मसान्त सम्म गर्ने ।
५) पेप्सीकोला ब्रम्हखेल सम्मको अबै कार्य चैत्र मसान्त सम्म सम्पन्न गर्ने निर्णय भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।