गोकर्णेश्वर महादेव मन्दिरमा शुभकामना आदानप्रदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर महादेव मन्दिरमा शुभकामना आदानप्रदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, कात्तिक ५ । गोकर्णेश्वर नगरपालिका  वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिद्वारा आयोजित विजया दशमी, दिपावली, भिन्तुना र छठ पर्वको शुभकामना आदानप्रदान तथा  सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उप प्रमुख शान्ति नेपाल, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसाल, वडा सदस्य बालकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस  गोकर्णेश्वर वडा नं ४ का ईकाइ सभापति ज्ञान कुमार श्रेष्ठ लगायत स्थानियको उपस्तिथि रहेको थियो।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति अध्यक्ष एवं वडा नं ४ का वडा प्रमुख श्रेष्ठले स्वागत मन्तब्य सहित  मन्दिर क्षेत्रमा भए गरेका  गतिविधिको  बारे प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख  शान्ती नेपालले गोकर्णेश्वर मन्दिरलाई राम्रो र व्यवस्थित बनाउन नगरपालिकाको आर्थिक सहयोगमा अक्षय कोष व्यवस्था साथै सुनको छाना निमार्ण कार्य भइरहेको जानकारी गराएकी थिइन् । नगरपालिका भित्रको धार्मिक अस्तित्व र धार्मिक महत्त्व भएको धरोहरलाई जगेर्ना गर्न सबैलाई  अनुरोध समेत गरेकी थिईन।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष  चालिसेले गोकर्णेश्वर मन्दिरको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामाकरण भएको बताउदै विश्वव्यापी रुपमा धार्मिक धामको रुप दिन नगरपालिका लागि परेको बताए ।साथै उनले मन्दिर मन्दिर जस्तो बनाई २४ सैँ घण्टा भजन कृतनको सुमधुर धुनले गुन्जायामान होस् भनी सङ्गीतका सामाग्री हस्तान्तरण गरेको जानकारी गराए  ।

कार्यक्रम संचालक समेत रहेका गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिका सचीव ईश्वर पाण्डेले मन्दिरमा छाना निमार्णको सुरुको अवस्था देखि हालको अवस्था सम्म भएको आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै सरोकार वालाहरुलाई मनमा लागेको कुरा सोध्न परेमा बिहान १० बजे देखि बेलुका ५ बजेको समय भित्र समितिको कार्यालयमा आएर जानकारी लिन समेत अनुरोध गरेका थिए  ।

फोटो : अमृता केसी

तपाइँको प्रतिक्रिया ।