शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं, चैत्र ४- दलका नेताहरु संविधान निर्माण कार्यमा साकारात्क नदेखिएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुसँगको छलफललाई अगाडी बढाएका छन् ।
सभाअध्यक्ष नेम्वाङले ठूला दलका शीर्ष नेताहरुलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा डाकेर संयुक्त छलफल सुरु गरेका हुन् ।
अहिले सभामुख नेम्वाङ र नेताहरुबीच छलफल जारी छ । सत्तापक्ष र प्रतिपक्षी दलको पटक पटकको वार्ताले सार्थक परिणाम दिन नसकेपछि सभामुख सुवास नेम्वाङले सहमतिको पहल थालेका हुन् ।
सभामुख नेम्वाङले गत माघ ११ गते संविधान लेखनको प्रकृया अगाडी बढाएपछि प्रमुख प्रतिपक्ष एमाओवादी लगायत मधेशवादी दलहरुले सहमतिलाई लत्याएर सत्तापक्ष दुई तिहाइ बहुमतको दम्भमा अगाडी बढन खोजेको भन्दै आन्दोलित भएका छन् ।
जसका कारण करिव दुई महिनादेखि संविधानसभा बैठक सन्चालन हुन सकेको छैन । उता सत्तापक्ष विशेसगरि नेपाली कांग्रेस र नेकपा एमाले भने सभामुख नेम्वाङलाई संविधानसभाको बैठक बोलाउन दवाव दिइरहेका छन् ।
दलका नेतहरुसँग ओयोजित आजको छलफलमा सभामुख नेम्वाङले संविधान लेखनको प्रकृयालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्दै छन् । उनले दलका नेताहरुलाई सहमति जुटाउन अझै कति कुर्नुपर्ने हो भन्ने जज्ञाशा पनि राख्ने छन् ।
सत्तापक्षले सहमतिलाई लत्याएर बहुमतको दम्भ देखाएको भन्दै एमाओवादी नेतृत्वमा रहेको ३० दलिय मोर्चाले अर्को चरणको आन्दोलन घोषणा समेत गरि सकेको छ । उता सत्तापक्ष भने प्रतिपक्ष एमाओवादी लगायतका दलहरु बार्ताद्धारा राजनीतिक समस्या समाधान गर्नु भन्दा आन्दोलनको धम्की दिने गरेको भन्दै संविधान लेखन प्रकृयालाई नरन्तरता दिने निचोडमा पुगेको छ ।
सत्तापक्ष प्रकृया अगाडी बढाउन दवाव दिने, प्रतिपक्ष आन्दोलनको धम्की दिने र सर्वसाधारणले सभामुख किन कुनै कदम चाल्दैनन् भन्ने दोषको निराकरण खोज्नका लागि सभामुखले दलका नेताहरुलाई डाकेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, एमाले उपाध्यक्ष वामदेव गौतम, माहासचिव ईश्वर पोखरेल तथा मधेशवादी दलका नेताहरु उपस्थित भएका छन् । एमाले अध्यक्ष केपी ओली आजको बैठकमा अनुपस्थित छन् ।