श्रीलङ्काको नयाँ सरकारमा पहिलो विद्रोह

श्रीलङ्काको नयाँ सरकारमा पहिलो विद्रोह

कोलम्बो, ३ चैत । श्रीलङ्काको नयाँ सरकारका उच्च शिक्षामन्त्री राजिवा विजेसिङ्गेले राजनीतिक सुधार पर्याप्त रूपमा अगाडि नबढेको भनी मङ्गलबार राजिनामा दिनुभएको छ भने यसलाई यस सरकारमा पहिलो विद्रोहको रूपमा हेरिएको छ ।

Sri_Lanka_provinces_hi.svg
मन्त्री विजेसिङ्गेले संविधानमा प्रस्तावित संशोधन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनवरी महिनामा निर्वाचित हुनुभन्दा अगाडि दिनुभएको बचनभन्दा कम भएको बताउनुभएको छ ।
उहाँले संसदमा सरकारले गरेको सुधारका प्रयास अपमानजनक भएको आरोप लगाउँदै आफू मन्त्रीको रूपमा रहन नचाहेको बताउनुभयो ।
उहाँले आफूले संसदको अर्को पक्षमा जानु सही भएको ठानेको बताउनुभयो । विजेसिङ्गे पूर्ण मन्त्री हुनुभएको थिएन ।
राष्ट्रपति सिरिसेनाले कार्यकारी राष्ट्रपतिको प्रणाली हटाइ मुलुकलाई संसदीय प्रजातन्त्रतर्फ लैजाने बचन दिनुभएको थियो ।
नयाँ सरकारले राष्ट्रपतिको कार्यकारी अधिकारमा केही कटौती गर्ने गरी संविधानमा संशोधनको प्रस्ताव तयार गरेको छ । एएफपी

तपाइँको प्रतिक्रिया ।