दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको उपाधि अंगुर पौडेल र कृष्ण केसीलाइ

दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको उपाधि अंगुर पौडेल र कृष्ण केसीलाइ

कपन अनलाइन

काठमाडौँ असोज ३१ । बूढानीलकण्ठ नगरपालिकावडा नं ११ मा रहेको सुगम वेलफेयर सोसाइटी र सुगम  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको उपाधि अंगुर पौडेल र कृष्ण केसीले जितेका छन ।  त्यसैगरि  प्रतियोगितामा   आकाश के सि  र  बिबेक थापा दितीय भए  भने   दिनेश के सि  र सुमन थापा  तृतीय भएका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११जगडोल भञ्ज्याङ्ग स्थित ब्याडमिन्टन कोर्टमा  बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।  बिजयी खेलाडीहरुलाई बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले ट्रफी मेडल प्रदान गरेका थिए । प्रतियोगितामा  १० वटा टिमका २०  जना खेलाडीहरुले सहभागिता रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।