दशैको टिकाको दिन गोकर्णेश्वर ४ देशे गाउमा देखाइयो देबी नाच

कपन अनलाइन

काठमाडौँ असोज ३१ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे गाउमा एतिहासिक देबी नाच सम्पन्न भएको छ।  ३६ वर्ष देखि बन्द भएको नाच  २०७४ सालको बिजय दशमीको दिन देखि एतिहासिक देशे देबी नाच मूल समारोह समिति गठन गरेर स्थानीय कला/सस्कृति प्रेमी युवाहरुको  पहल र सक्रियतामा पुन सुचारु गरिएको थियो। गत वर्ष कोरोनाको कारण स्थगित गरिएको उक्त नाच यसपालि स्वास्थ्य सुरक्षा माप दण्ड अपनाएर नाच सम्पन्न गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ प्राकृतिक सम्पदा सौन्दर्यता तथा प्राचिन मठ मन्दिरको साथै कला र संस्कृतिमा पनि  धनि छ।धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिर , उत्तर बाहिनी मन्दिर ,भैरब मन्दिर ,तलेजु भवानी मन्दिर ,गणेश मन्दिर रहेको यस स्थान यहाका कला सस्कृति ,रितिरिवाज , रहन सहन भेषभूषा र मौलिक बाजागाजाको लागी पनि प्रसिद्द छ।

परापुर्व काल देखि चली आएको स्थानीय संस्कृति र परम्परालाइ जीवित राख्न  स्थानीय युवाहरुले सक्रियतामा  सुचारु गरिएको  सो नाचमा शिव, भैरब कुमार पिसाच ख्याक बनि  तान्त्रिक बिधि बाट काम्दै नाच देखाइएको थियो  ।दशैमा देखाइने सो नाच अन्य समयमा  भने  टोल टोल को सामुहिक आवहानमा   देखाइने गरिन्छ  । नाच हेर्न  स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।