ओखलढुंगाका बामपन्थी नेता लोककृष्ण भट्टराई नेकपा (एस ) को केन्द्रीय सल्लाहकार परिषदमा

ओखलढुंगाका बामपन्थी नेता लोककृष्ण भट्टराई नेकपा (एस ) को केन्द्रीय सल्लाहकार परिषदमा

कपन अनलाइन

काठमाण्डौ ,असोज ३१।

नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ ।

सो पार्टीको हालै सम्पन्न केन्द्रीय समिति तथा स्थायी समिति बैठकले १३४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको सो पार्टीको अन्तरपार्टी निर्देशन(अपानी)मा उल्लेख छ ।

उक्त पार्टीको अन्तर पार्टी निर्देशन अनुसार प्रदेस नं १ को ओखलढुंगा जिल्ला बाट पुराना बामपन्थी नेता लोककृष्ण भट्टराई  केन्द्रीय सल्लाहकार परिषदमा चयन भएका छन।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ संगै सहकार्य गरेका भट्टराई ओखलढुंगा जिल्लामा सांसदको उम्मेदवार समेत रहिसकेका छन। हाल पुष्पलाल प्रतिष्ठानमा संलग्न रहेका भट्टराई संगै मोदनाथ प्रश्रित, विश्वकान्त मैनाली, सुशीलचन्द्र अमात्य लगायत केन्द्रीय सल्लाहकार बनेका छन।

तपाइँको प्रतिक्रिया ।