शंखरापुर नगरपालिकाको मणिचुडदेखि जहरसिंहपौवा सम्म जिपलाईन संचालन हुने

शंखरापुर नगरपालिकाको मणिचुडदेखि जहरसिंहपौवा सम्म जिपलाईन संचालन हुने

कपन अनलाइन

काठमाडौँ असोज ३१ । साहसिक खेलको रुपमा परिचित जिपलाईन  शंखरापुर नगरपालिकामा  संचालनमा आउने  भएको छ। करिव २८०० मिटर लम्बाई रहने उक्त जिपलाईन शंखरापुर नगरपालिका वडा नं ८ को मणिचुडदेखि शंखरापुरको जहरसिंहपौवा सम्म हुनेछ।मणिचुड जहरसिंहपौवा जिपलाईन नामक कम्पनिले  रुपमा पर्यटन मन्त्रालय अन्तरगत पर्यटन बिभागमा दर्ता भएको उक्त परियोजनाका  संचालक नवीन हुमागाई जानकारी गराएका छन । करिव ८ करोड रुपैया लगानिमा संचालन हुन लागेको उक्त परियोजना अबको ६ महिनामा संचालनमा आउने छ।

असोज २१ गते बिहिबार एक कार्यक्रमका बिच शंखरापुर नगरपालिका  प्रमुख  सुबर्ण श्रेष्ठले  उक्त जिपलाईनको शिलान्यास गरेका हुन । उक्त  कार्यक्रममा शंखरापुर नगरपालिकाकि उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ  वडा नं ३का वडा सदस्य  कर्म बल  तथा मणिचुड जहरसिंहपौवा जिपलाइन प्रा.लिका संचालक नवीन हुमागाई लगायत स्थानीयको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा आफ्नो भनाई  राख्दै  शंखरापुर नगरपालिका  प्रमुख  सुबर्ण श्रेष्ठले पर्यटन बिकासको प्रचुर सम्भावना बोकेको शंखरापुर नगरपालिकामा जीपलाईन संचालनमा  आए पछि शंखरापुर पर्यटन प्रर्वद्धन मा उल्लेख्य फडको मार्ने बिश्वास ब्यक्त गरेका थिए । सडक पूर्वाधार पनि धमाधम बन्ने क्रममा रहेको बताउँदै पर्यटन र कृषिको विकासले मात्र समृद्ध शंखरापुरको  सपना पूरा हुने बताएका थिए ।

फोटो : प्रेम प्रकाश

तपाइँको प्रतिक्रिया ।