नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, भारत संग भिड्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज २९।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास इतिहास रच्दै फाइनल पुगेको हो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर  खेलको ८२औं मिनेटमा वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाएका थिए । १० खेलाडीमा झरेको बंगलादेशका खेलाडीले  अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउदा पाएको पेनाल्टीमा होल गर्दै नेपालले वरावरी गरेको थियो ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।