सफल हुन्छ त चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने प्रयास ?

सफल हुन्छ त चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने प्रयास ?

काठमाडौँ, ३ चैत – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गराउने प्रयास थालिएको छ। सीको नेपाल भ्रमणको वातावरण मिलाउन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीन जाँदैछन।

15031726xi-jinping
हाल जापान भ्रमणमा रहेका पाण्डे त्यही बाट सोझै बेइजिङ पुग्ने कार्यक्रम रहेको छ। पाण्डेको टोलीमा सम्लग्न हुन परराष्ट्र मन्त्रालयका चीन  डेक्स प्रमुख झविन्द्र अर्याल, परराट्रमन्त्रीका सल्लाहकार आस्विन पुडासैनी र परराष्ट्रमन्त्रीका परिवारका सदस्यहरु सोमबार नै चीन प्रस्थान गरिसकेका छन।

यही २६ तारिखमा दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सरहमा बोआओ एसिया फोरम को बार्षिक सम्मेलन हुँदैछ। सो सम्मेलनमा भाग लिन नेपालका राष्ट्रपति डा। रामबरण यादव १४ जनाको टोलीसहित २६ मार्चमै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री पाण्डेले चिनियाँ पक्षसंग छलफल गरेर वातावरण मिलाएपछि संवैधानिक राष्ट्रपति यादवले सोही बेला चीनका कार्यकारी राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिने सम्भावना छ।

दक्षिण एसियाको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले गत सेप्टेम्वरको दोस्रो साता भारत र श्रीलंकाको भ्रमणपनि गरेका थिए। आन्तरिक कारणले पाकिस्तानको भ्रमण भने स्थगित भएको थियो। नेपालले आवश्यक पहल र तयारी गरे राष्ट्रपति सी नेपाल भ्रमणमा आउन सक्ने प्रवल सम्भावना रहेको अधिकारीहरुले बताएका छन्।

भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले श्रीलंकासँग ठूलो ११ वटा परियोजनामा हस्ताक्षर गरेका थिए भने भारतसँग २२ वटा परियोजनामा हस्ताक्षर भएको थियो। रेल्वे विश्वविद्यालय, बुलेट ट्रेन, मानसरोवरको बाटो जस्ता एसियाकै विकासमा प्रभाव पार्ने महत्वकांक्षी परियोजनामा चीन र भारतबीच हस्ताक्षर भएको थियो।

तपाइँको प्रतिक्रिया ।